सत्तारुढ दलको बैठक : शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन छलफल

सत्तारुढ दलको बैठक : शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन छलफल

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलहरुबीच मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको छ। बालुवाटारमा बुधबार बसेको शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बारे छलफल भएको हो। 

बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल केन्द्रित रहेको जानकारी दिए। ‘शान्ति प्रक्रियालाई चाँडै नै टुंग्याउने विषयमा छलफल भएको छ,’ उनले भने, ‘शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउनेबारे छलफल केन्द्रित रह्यो।’ बैठकमा कानुनमन्त्री गोविन्द कोइरालाले शान्ति प्रक्रियाका बारेमा अहिलेसम्म भएको प्रगति विवरण पेस गरेका थिए। 

 

Logo