पूर्वका नेपाल-भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएका छन् । पर्सि हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन जीटीएको चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए । आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।
प्रतिक्रिया