नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि लड्ने अमेरिकी सेनाको योजना रहेको दावी गरेका छन् ।
ललितपुरमा शनिबार आयोजित अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक गौतमले नेपालको भूमि प्रयोग गरी तिब्बतलाई स्वतन्त्र गर्न चीन विरोधी गतिविधि संचालन गर्ने अमेरिकी योजना रहेको आरोप लगाएका हुन् । उने अेमरिकी सेना आए पहाड हिमाल सबैतिर जाने र त्यसको काउन्टरमा चीन पनि आउने हुँदा नेपालीहरु त्यसमा पर्ने भनाई राखे ।
गौतमले भने, ‘अमेरिकी सेना आयो भने पहाड, हिमाल सबैतिर जान्छ। त्यसको काउन्टरमा चीन पनि आउँछ। त्यसपछि हामी नेपाली कति मर्छौं मर्छौं।’ तर अमेरिकी सेनाको सो प्रयासलाई कम्युनिष्टहरुको शक्तिले असम्भव पार्ने उनले बताए । ‘एसपीपी रद्द गर्न कम्युष्टिहरुको दवावले मात्र सम्भव बनाएको होु, गौतमले भने । नेपाली सेना नेपाली जनताको भावना विपरित जान नसक्ने गौतमले दावी गरे। एमसीसी र एसपीपी अमेरिकी सेनाको कार्यक्रम रहेको र त्यसमा नेपाली सेनाले गठबन्धन गर्न नहुने उनको भनाइ थियो।





























प्रतिक्रिया