सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाए पछि युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले सरकारको ध्यानाकर्षण गर्दै आन्दोलनमा सहभागीहरुलाई धन्यवाद दिएका छन् ।
प्रवक्ता राईले “मुसलधारे पानी झरी नभनी हामीले चर्को मुल्य वृद्धिको विरुद्ध बालुवाटारमा थाल ठटाएर सरकार र प्रधानमन्त्री देउवाको बिरोध गरेका थियौ । प्रतिकुल मौसमका बावजुत संघका कमरेड साथीहरूले आन्दोलनमा खेल्नु भएका भुमिकाको उच्च सम्मान साथै धन्यवाद प्रकट गर्दछु । निरन्तर झरीमा रुझेका कारण हाम्रा धेरै साथीहरू रुघा खोकी र ज्वारोले ग्रसित छन । यधपी हामीले गरेको आन्दोलनले सार्थकता पाएको छ । आजै मात्र सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । फेरि पनि गरिबि–महंगी, कालाबजारी र भ्रष्टाचारको चपेटा परेको नेपाली जनजीवनलाई हेक्का राख्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु ।’’
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।































प्रतिक्रिया