नवनियुक्त मन्त्रीहरुको शपथ आज

नवनियुक्त मन्त्रीहरुको शपथ आज

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने भएका छन् ।  

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।

नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् । एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेका ४ जना पुराना मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेको थियो ।

Logo