विकट क्षेत्रमा रोगको उपचार नपाउने अवस्थाको अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री भवानी खापुङ

विकट क्षेत्रमा रोगको उपचार नपाउने अवस्थाको अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री भवानी खापुङ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेपछि मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् ।

उनलाई निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा र कर्मचारीहरूले मन्त्रालयमा स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खापुङले आगामी दिनमा जनताको सर्वसुलभ सेवालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने बताए ।

उनले कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राखे । स्वास्थ्य क्षेत्रमा जनतालाई दिइने सुविधामा पनि पछिल्लो समय नेपालमा सुधार भएको उनको भनाई छ । मन्त्री खापुङले आगामी दिनमा विकट स्थानमा सानातिना रोगको उपचार नपाउने अवस्थाको अन्त्य गरिने बताए ।

Logo