मंसिर २१ मा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा हुँदैछ : मेटमणि चौधरी

मंसिर २१ मा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा हुँदैछ : मेटमणि चौधरी

केन्द्रबिन्दु
0
Shares

शहरी विकास मन्त्री मेटमणी चौधरीले प्रतिनिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २१ गते गर्ने गरी केही दिनमा घोषणा हुने बताएका छन्। रिपोर्टस क्लबमा मंगलबार आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव आगामी मंसिर २१ गते हुने गरि केही दिनमा घोषणा हुन्छ होलाु उनले भने। 

चौधरीले अहिले पनि विभेद र विभाजनका कुरा भइरहेको भन्दै अब त्यो रोकिनुपर्नेमा जोड दिए।
अब यस्तो हुनु हुँदैन।  म मन्त्री बनिसकेपछि इमानपूर्वक काम गर्ने प्रयास गर्नेछुु, उनले भने, ‘हामीले यो मुलुक बनाउने हो भने केबल प्रधानमन्त्री र मन्त्री मात्र इमानदार भएर हुँदैन। नेपालका सबै अंग बलियो नभइ मुलुक बन्न सक्दैन।’
 

Logo