सरकारले भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसक्नु दु:खद : झलनाथ खनाल

सरकारले भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसक्नु दु:खद : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी  गरे ।  

पूर्वप्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गरे ।  संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको  निष्कर्ष थियो । 

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाएपनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए ।

सम्मानित नेता खनालले भने, ‘दुई तिहाई बहुमतको सरकार बन्यो नि । नेकपाले दुई तिहाई बहुमत ल्यायो । तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो । यो देशमा अव भूमि सुधारको कार्यक्रम लागू होला । यो देशमा अव कृषि क्रान्ति लागू होला । कृषिको आधुनिकीकरण होला । वा यान्त्रिकीकरण गरिएला । प्रत्येक किसानलाई मल, विऊ, प्राविधिक सेवा, अनुसन्धान सेवा उपलब्ध होलान । त्यतातिर सरकारको ध्यान जाला । त्यसैगरी राष्ट्रिय औद्योगिकीकरणको कुरा आउँला । हाम्रो आफ्नै देशमा आधारित उद्योगधन्दाहरु होलान । पानी उद्योगहरु हामीले व्यापक बनाउन सक्छौं ।’ 

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

Logo