सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गरोस् : भीम रावल

सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गरोस् : भीम रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए । सांसद रावलले सरकारले अमेरिको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी बिरोधपछि रोकिएको दाबी गरे । उनले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप पनि लगाए ।

सांसद रावलले नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कष्ठकर र पीडादायी हुने बताए । उनले ७ भन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा तेल हालेर बसेको आरोप लगाए । सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताए ।

उनले देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाए । उनले भने, ‘नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा जुन बाह्य हस्तक्षेप बढेको छ । बाह्य हस्तक्षपलाई मुक्त नगर्ने हो भने नेपालका आउने दिनहरु झनै कष्टकर र पीडादायी हुने निश्चित छ । ६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छालो गोह्रो भएकी एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ । सुरक्षा प्रणाली कहाँ छ रु परराष्ट्र नीति कहाँ छ रु नेपालमा शरणार्थी आउने बाटो अरु छैन । की हवाई जहाजबाट आउनुप¥यो । त्यहाँबाट आएका हुन् भने अध्यागमनबाट छिर्न दिइयो । नभए भारतबाट आउँछन् ।’

उनले फेरि भने, ‘यदि शरणार्थी कुनै देशबाट आयो भने त्यही देशले शरण दिनुपर्छ । अर्काको देशमा पठाउन पाइँदैन । कसरी नेपालमा आए । अनि यो सरकार कुन मन्त्री कति महिना भनेर भागबण्डा परेर कति खाने भनेर मात्रै ध्यान छ की यो देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन भन्ने कुरा प्रधानमन्त्री र सरकारमा बस्नेहरुलाई चिन्ता छ । यस्तो अवस्थामा एसपीपी लागू गर्न खाजेको थियो । तर अहिले नमान्ने पत्र पठाएको भनेको छ । त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’

सांसद रावलले सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाए । उनले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र भने नपठाएको दाबी गरे । सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले बुझाएको बताए ।

उनले नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी निर्णय गर्ने,कुटनीतिक रुपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो देशको परराष्ट्र नीति र कुटनीति कहाँ गम्भीर विचलन देखापरेको छ । त्यसको परिणाम स्वरुप केही समय अगाडि अमेरिकाको राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पाटनरसिप प्रोग्रामको सम्बन्धमा १० बुँदे मस्यौदा समेत सार्वजनिक भयो । व्यापक वहस भयो । संसद, संसद बाहिर र देशव्यापी रुपमा छलफल भयो । अन्त्यमा नेपाल सरकार बाध्य भएर एसपीपीलाई अगाडि नबढाउने भन्ने कुरा हामीले सुन्यौं । मन्त्री ज्युहरुको मुखबाट सुन्यौँ । गठबन्धनका नेताहरुको मुखबाट सुन्यौँ । तर अहिलेसम्म संयुक्त राज्य अमेरिकालाई सरकारले पत्र पठाएको छैन ।’

उनले थप भने, ‘यो सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्धी समितिले समेत तब सम्बन्धी दस्तावेज माग गरेको छ । समितिहरुलाई अहिलेसम्म दस्तावेजहरु सरकारले बुझाएको छैन । यसबाट के देखिन्छ भने नेपालको कुटनीतिलाई नेपालको संविधानको प्रावाधान विपरित खतरनाक दिशातिर धकेलिँदैछ भन्नेकुरा देखिन्छ । नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी निर्णय गर्ने,कुटनीतिक रुपम पत्राचार गर्ने निकायले पत्राचार गर्ने र ठूला शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीमा चरित्र देखा परेको छ । आजको नेपालको कुटनीतिको विचलन त्यही नै हो । त्यो नेपालको शान्तिको लागि नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको लागि अत्यन्त खतरनाक छ ।’

यसका साथै सांसद रावलले नेपालको कुटनीतिको विचलन हुँदा नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको लागि अत्यन्त खतरनाक हुने दाबी गरे ।

Logo