फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस्को सपथग्रहण समारोहमा नेपालका प्रख्यात उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरी सहभागी भएका हुन् ।
चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् ।
उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।
नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस फिलिपिन्सका १७ औं राष्ट्रपति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।

































प्रतिक्रिया