चार देशका नवनियुक्त राजदूतले शपथ लिए

चार देशका नवनियुक्त राजदूतले शपथ लिए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चार देशका लागि नियुक्त राजदूतहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। 

कतारका लागि राजदूत डा. नरेशविक्रम ढकाल, जनवादी गणतन्त्र चीनका लागि विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजालले बिहीबार शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
 

Logo