राष्ट्रियसभा बैठक विहान ११ बजे बस्दै, बजेटसम्बन्धी तीन विधेयक पारित गर्ने तयारी

राष्ट्रियसभा बैठक विहान ११ बजे बस्दै, बजेटसम्बन्धी तीन विधेयक पारित गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ ।

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्नेछन् ।

शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

बैठकमा रेल्वे विधेयक २०७९ पनि पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ ।   

Logo