माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु, के छ एजेन्डा ?

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु, के छ एजेन्डा ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी लगायतका एजेन्डामा छलफल हुने जानकारी गराए।

पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले प्रचण्डलाई अध्यक्ष चुनेको थियो। त्यसयता माओवादीमा कुनै पदाधिकारी चयन भएका छैनन्।

Skip This
Skip This
Logo