आईजीपीको रिटमा २६ गते जवाफी बहस हुने

आईजीपीको रिटमा २६ गते जवाफी बहस हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका प्रमुख आईजीपीमा धिरजप्रताप सिंहलाई गरेको नियुक्तिविरुद्ध एआईजी विश्व पोखरेलले दायर गरेको रिटमा आइतबार पनि बहस भएको छ। आईजीपी सिंहको पक्षका वकिलहरुले सर्वोच्च अदालतमा आइतबार बहस गरेका हुन्। 

वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिँडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका हुन्। आज बहस गर्ने अन्य अधिवक्तामा केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपालकृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारी पनि थिए। 

उनीहरुले आईजीपीमा सिंहलाई बढुवा गर्ने निर्णयको बचाउ गर्दै पोखरेल आईजीपी हुनलायक नै नरहेको बताएका थिए। 

Logo