एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर छ : केपी ओली

एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर छ : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर गएर लेखेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले त्यसबेला तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको विषयबारे बोलेका हुन्। उनले प्रधानसेनापतिले राजदूतलाई लेखेको पत्रबारे जानकारी समेत नगराएको बताए।

‘तत्कालीन प्रधानसेनापतिबाट काम भएको छ’, ओलीले भने, ‘यसमा नेपाली सेनाको मैले बाहिर सुन्छु, नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन। सेनाले सोझै एम्बेसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो। त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन । त्यसपछि यो विषय चुपचार रह्यो कसैले चर्चा पनि गरेन।’ ओलीले ‘इनफ’ भन्दा बढी नै भइसकेपछि यहाँ बोल्न बाध्य भएको बताए।

२०७२ भदौ २४ गते नेपाली सेनाले सेप्टेम्बर १०, २०१५, संविधान जारी हुनुभन्दा १० दिनअगाडि रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागी भएको बारे पत्राचार गरेको थियो। त्यसपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। त्यसको ३ दिनपछि २०७२ असोज ३ गते रक्षा मन्त्रालयबाट नेपाली सेनालाई रक्षा मन्त्रालयलाई मनोनित गर्ने गरी एसपीपीमा पत्र लेख्ने निर्णय भएको उनले बताए।
 

Logo