जसपाका ३ मन्त्रीले शपथ लिए

जसपाका ३ मन्त्रीले शपथ लिए

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

जनता सामाजवादी पार्टी जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका हुन् । 

जसपाले कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उहाँहरूको ठाउँमा तीन जनालाई पठाएको हो । 

Logo