राजधानीको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिने तयारी छ : गृहमन्त्री खाण

राजधानीको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिने तयारी छ : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरी संघीय प्रहरीलाई दिने व्यवस्था गर्न खोजिएको बताएका छन् । 

तर यसलाई प्रदेश प्रहरीको अधिकार कटौती वा संघीय व्यवस्था विपरीत सरकार जान खोजेको रुपमा नबुझ्न सांसदहरूलाई आग्रह गरेका छन् । सुरक्षा संवेदनशीलता ख्याल गरेर यस्तो निर्णय गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले सरकार संघीय व्यवस्थाका साथै काठमाडौं राजधानी उपत्यकाको सुरक्षाप्रति संवेदनशील रहेको बताएका हुन् । 

उनले भने, ‘सरकारले जुन यो विधेयक ल्याएको छ । यो राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याएको हो । यसमा प्रदेश प्रहरीको अधिकार कटौति गर्ने कुनै मनसुवानै होइन । खाली काठमाडौं, ललितपुर र भक्तपुरलाई काठमाडौं उपत्यका भन्ने जुन प्रचलन छ । त्यसको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको हो । त्यसकारण अहिलेको ऐनमा कतिपय सरकारले तोक्ने सक्ने भनिएको छ । त्यतिले मात्रै पुगेन । जस्तो पेट्रोलियम पदार्थको मूल्य बढ्यो । जनताले स्वभाविकै रुपमा आन्दोलन गर्ने भए । त्यसका लागि सुरक्षा दिनु प¥यो । यो पनि गम्भिर सुरक्षा चुनौति हो । यस्ता सुरक्षा चुनौतिहरु दैनिक रुपमा बढिरहेका छन ।’

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री खाँणले भने, ुसरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।

काठमाडौंमा विदेशी बढी आवातजावत हुने तथा देशको राजधानी भएकोले सुरक्षा संवेदनशीलता ध्यानमा राख्नुपर्ने गृहमन्त्री खाँणको भनाइ थियो । सरकारमा रहेको माओवादी केन्द्रका सांसदहरूले राजधानीको सुरक्षा व्यवस्था प्रदेश प्रहरीलाई नदिँदा संघीय व्यवस्था विपरीत हुने बताएका थिए । 

Logo