अर्थमन्त्री शर्माको गतिविधि प्रधानमन्त्रीले निगरानी गरिरहनु भएको छ : प्रवक्ता महत

अर्थमन्त्री शर्माको गतिविधि प्रधानमन्त्रीले निगरानी गरिरहनु भएको छ : प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्रीका गतिविधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले सरकारका मन्त्रीहरूका गतिविधि कानुनभन्दा बाहिर गएर हुन नमिल्ने बताए ।

बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले त्यसबारे सत्यतथ्य बुझेर प्रधानमन्त्रीले निर्णय लिनसक्ने बताए ।

‘हाम्रो पार्टीमा अहिले त्यसबारे छलफल भएको छैन । तर, सरकारमा जुनसुकै दलका मन्त्री किन नहुन्  सम्बन्धित मन्त्रालयको जुन जिम्मेवारी छ, त्यहाँ कसरी काम गर्ने भन्ने कानुनको परिधि छ, त्यो परिधिभित्र रहेर काम गर्नुपर्छ । कसैले त्यो कानुनी घेरा नाघेको छ भने त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ, प्रधानमन्त्रीजीले पनि त्यो विषयलाई निगरानी गरिरहनुभएको छ,’ उनले भने ।

Logo