निर्वाचन आयोगको प्रस्ताव संसदीय चुनाव मंसिर २ वा ५ मा

निर्वाचन आयोगको प्रस्ताव संसदीय चुनाव मंसिर २ वा ५ मा

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले भोलि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले जानकारी दिए ।
आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको ती सदस्यले बताए ।

Logo