माओवादी केन्द्रीय समिति बैठक भोलिसम्म स्थगित

माओवादी केन्द्रीय समिति बैठक भोलिसम्म स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार पनि नबस्ने भएको छ ।

बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।

Logo