निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।
आयोगले आगामी मंसिर २ गते आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको छ। सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।
बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग निर्वाचनको तयारीबारे छलफल गरेका हुन्। निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयोगले जनाएको छ।




प्रकाशित: July 06, 2022 | 16:45:27 असार २२, २०७९, बुधबार
22Shares
प्रतिक्रिया







































प्रतिक्रिया