चुनावमा राम्रो नतिजा ल्याउन समन्वय समिति बनाउने माओवादी अध्यक्षको घोषणा

चुनावमा राम्रो नतिजा ल्याउन समन्वय समिति बनाउने माओवादी अध्यक्षको घोषणा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा  सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन ।

त्यसका लागि हरेक प्रदेशमा समन्वय समिति बनाइने प्रचण्डको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सबै प्रदेशहरूमा समन्वय समिति बनाएर फिल्डमा खटिने बताएको एक नेताले बताए ।

‘ अब निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु छ । त्यसका लागि सबै प्रदेशमा समन्वय समिति बनाइने छ । त्यो समितिले नेता कार्यकर्तालाई फिल्डमा खटाउने छ’ प्रचण्डले भने,–चुनावलाई केन्द्रीत गरेर कार्यक्रमहरु बनाउने छौं  । त्यसअनुसार योजना बनाउनेतिर हामी केन्द्रित हुन्छौँ ।’  नयाँ समिति बनाउँदा  कोही आत्तिन जरुरी नरहेको भन्दै सबै कार्य विधान अनुरुप नै हुने प्रचण्डले बताए ।

Logo