माओवादी अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

माओवादी अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक  प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

अब बैठकमा पेश भएका विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ । बैठक अहिले पनि जारी छ । 

Logo