दाहालले पोलिटब्युरो सदस्यको नाम पढेपछि नेताहरुले भने : ‘कमरेड हामीले कहिल्यै अवसर नपाउने ’

दाहालले पोलिटब्युरो सदस्यको नाम पढेपछि नेताहरुले भने : ‘कमरेड हामीले कहिल्यै अवसर नपाउने ’

केन्द्रबिन्दु
0
Shares

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय २५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको छ । 

प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युरो सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । कमलादीको प्रज्ञा भवनमा चलिरहेको बैठकमा केही सदस्यले हलबाटै ‘ कमरेड सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो ’ भन्दै प्रश्न गरेका छन् । विवाद भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

Logo