प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका थिए।
सो प्रस्तावको विरोध गर्दै नेकपा एमाले का सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताए।
उनले विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट शुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताए। उनले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भीर नभएको बताए।































प्रतिक्रिया