लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ दाहालसँग सोल्टी होटलमा डिनर

लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ दाहालसँग सोल्टी होटलमा डिनर

केन्द्रबिन्दु
0
Shares

चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।

चार दिने भ्रमणमा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन् । आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासंग भेटघाट गरेका थिए । 

Logo