सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

धनगढी बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि फेरि स्थगित भएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन् ।

बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण अहिलेसम्म बैठक बस्न सकेको छैन । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दल सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभाको अर्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयकाअनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा मंगलबारको बैठकमा १३ जना मात्र उपस्थित थिए ।

बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन । सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन् ।

Logo