बाबुराम पक्षको बैठकमा कति केन्द्रीय सदस्य उपस्थित भए ?

बाबुराम पक्षको बैठकमा कति केन्द्रीय सदस्य उपस्थित भए ?

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । 

कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अहिले भन्न नसकिने उनले बताए । साँझसम्म मात्र यकिन सङ्ख्या भन्न सकिने उनले बताए । जसपा अर्को नेता दीपक महतोले कतिपय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थित नभएको दाबी गरे ।

बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने  केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो ।  पार्टीको केन्द्रीय समितिको सदस्य सङ्ख्या ४९९ रहेको छ ।

 

Logo