उपेन्द्र यादव पक्षलाई वार्तामा आउन बाबुरामको आह्वान

उपेन्द्र यादव पक्षलाई वार्तामा आउन बाबुरामको आह्वान

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले  वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका छन् ।

 जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको नगएको बताएका हुन् ।

जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेको दावी गरे । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे । जसपाका अध्यक्ष यादवले पार्टीमा कसैलाई  जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए ।

Skip This
Skip This
Logo