प्रतिनिधि सभामा उपसभामुखको चुनाव पर्सि ३१ गते शुक्रवार हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोकेका ह्ुन् ।
२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । नेकपा एमालेबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ ।
सरकारले उपसभामुखको चुनाव गर्नुको साटो संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएको थियो । सांसदहरूले पटक–पटक उपसभामुखको चुनावी प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गरेका थिएनन् । थिएन ।
प्रतिक्रिया