राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा भेटवार्ता भएको हो ।
यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिए । गएको आइतवार चार दिने भ्रमणमा नेपाल आएका लिउ आज स्वदेश फर्किँदै छन् ।































प्रतिक्रिया