‘नागरिकता विधेयक पारितका लागि सहयोग गर्न सांसदहरुलाई आग्रह गर्दछु’

‘नागरिकता विधेयक पारितका लागि सहयोग गर्न सांसदहरुलाई आग्रह गर्दछु’

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह  गरेका छन् ।  

लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको उल्लेख गर्दै विधेयक पारित गर्न सहयोग ‍गर्न उनले  सांसदहरुलाई अनुरोध गरे । 

आजको प्रतिनिधि सभा बैठकमा विधेयक देशको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा। भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए ।

मन्त्री खाणले संविधानको प्रावधान अनुसार अघि बढाएको विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक  दोहोर्याए । 

गृहमन्त्री खाणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यहीअनुसार विधेयक सरकारले ल्याइएको बताए । 
 

Logo