नेकपा एमालेका सांसद खगराज अधिकारीले हतियार खरिदका विषयमा सरकारले यधोचित जानकारी दिनुपर्ने बताएका छन ।
सांसद अधिकारीले बुधवारको प्रतिनिधी सभा बैठकमा समय माग गरेर बोल्दै यस्तो बताएका हुन । उनले विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा बजेटमार्फत नभएर बजेट रकामान्तर गरेर हतियार खरिद गर्नुपर्ने आवश्यकता किन भयो भन्नेबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले जानकारी दिनुपर्ने बताए । सांसद अधिकारीले जनतालाई छर्रा हान्नको निम्ति बदनाम इटालिको बेरेटा कम्पनीबाट हतियार किन किन्न्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले हतियार कुनैपनि सुरक्षा निकायले माग नगरेको र प्रधानमन्त्रीले बालुवाटार बोलाएर दबाब सिर्जना गरेको आरोप लगाए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरिन । उनले नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनि समावेश गरेको नाम राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको बताएकी हुन । शर्माले राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गरिन ।
त्यस्तै नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाउने काम गरेको बताए ।





























प्रतिक्रिया