नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को आलोचना भएको छ।
दुई दिनदेखि जारी बैठकका क्रममा बुधबार बोलेका ४८ केन्द्रीय सदस्यमध्ये आधाजसोले सरकारको भूमिकाले जनतामा असन्तोष बढेको भन्दै आक्रोश पोखेका थिए।
बैठकमा सहभागी एकजना नेताका अनुसार बुधबार बोलेका केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेपछि मन्त्रीहरुले जवाफ दिनुपर्ने भएको छ। बैठकमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति देउवा नेतृत्वको सरकारबारे जनस्तरमा गुनासो आएको भन्दै जनतामा असन्तोष हुने काम गर्न नहुने बताए।
‘हाम्रो नेतृत्वमा सरकार छ। कम्तीमा यसले जनतालाई असन्तोष हुने काम गर्नु भएन,ु उनले भने, सरकारले जनताको मन दुख्ने गतिविधि रोक्नुपर्यो। आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्यो।’
नेता सिंहसहितले सरकार र मन्त्रीहरुको कामबारे जनतामा असन्तोष रहेको रिपोर्टिङ गरेपछि अब बिहीबारको बैठकमा सरकारमा सहभागी सबै मन्त्रीले जवाफ दिनुपर्ने भएको छ।
भोलि सबै मन्त्रीले सरकारका कामबारे जवाफ दिने छन्ु, ती केन्द्रीय सदस्यले भने, आफ्नो मन्त्रालयका कामबारेमा मन्त्रीहरुले जवाफ दिइसकेपछि पदाधिकारी र केही सिनियार नेताले पनि बोल्ने छन्।





























प्रतिक्रिया