विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झाले विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातर्फ लैजान सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । 

बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको बताउनुभयो । 

नेताझाले विज्ञानलाई नेपालमा आफैले उत्पादन गरेर प्रयोग गर्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो । उहाँले आफैँले विज्ञान र प्रविधिको उत्पादन गरीप्रयोग गर्नसके मात्रे देशलाइृ फाइदा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको छ । त्यसलाई सकारात्मकतिर कसरी लैजाने भन्ने विषयमा राज्य र सम्बन्धित निकायले पहल गर्नुपर्छ । 

Skip This
Skip This
Logo