एमालेकाे प्रष्टीकरण : एम अधिकारी गभर्नर होइनन्

एमालेकाे प्रष्टीकरण : एम अधिकारी गभर्नर होइनन्

केन्द्रबिन्दु
0
Shares

 नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम.अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ । आफ्नो नाम जोडेर प्रचार भएपछि गभर्नर अधिकारीले यसबारे स्पष्ट पार्न एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेपछि एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले यसबारे प्रष्टीकरण दिएको हो । 

एमाले पार्टी कार्यालय सचिव अधिकारीले गभर्नर अधिकारीलाई पठाएको जवाफी पत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख छ । ‘हाम्रो पार्टी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ त्यो विभागमा उल्लेखित एम। अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु’, पत्रमा उल्लेख छ । 

सात वर्षअघि पनि एमालेको अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारीको नाम उल्लेख भएपछि गभर्नर अधिकारीले आफूसँग मिल्दोजुल्दो नाम गरेको व्यक्ति विभागको सदस्य भएकाले त्यो नाम आफ्नो भए हटाइदिन भन्दै एमालेलाई पत्राचार गरेका थिए । त्यति बेलाका एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जवाफ दिँदै नाम भुलवस पर्न गएको र त्यो नाम अन्तिम नामावलीमा नरहेको भन्दै पत्र पठाएको थियो ।  

 

 

Skip This
Skip This
Logo