‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गरौं’

‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गरौं’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गत स्थानीय तह निर्वाचनलाई लिएर सबैभन्दा पहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको बैठकका क्रममा बिहीबार आफ्ना भनाइ राख्दै केसीले यदि स्वतन्त्र उठेका र असहयोग गर्नेमाथि छानबिन गर्ने हो भने सबैभन्दा पहिले देउवा र पौडेलमाथि कारबाही हुनुपर्ने कुरा राखेका हुन्। 

उनले भने, गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गर्नेलाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ। उहाँहरूले नै हामीलाई अन्त अन्य दलको चुनाव चिह्नमा भोट हाल्न सिकाएको हो।’ 

Logo