नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाए ।
आज बिहीवार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन् । उनले नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो । उहाँले आफू देउवा सँग महाधिवेशमा पराजित डा। शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताए । पदाधिकारीहरू बोलाएर गुटको भेला गरेको प्रश्नमा उहाँले पार्टी केन्द्रीय कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताए ।
उनले भने, ‘पार्टीभित्रको आन्तरिक व्यवस्थापन हो पहिलो कुरा । सकेसम्म विधिसम्मत, प्रक्रियागत र सबैलाई समेटेर बृहत् एकता अहिलेको ठूलो आवश्यकता हो । हामीलाई पनि बैठक बस्ने ठाउँ दिनुपर्छ । शेखरजीलाई पनि पार्टी कार्यालयमा बस्ने व्यवस्था दिऔँ । सबैलाई सम्मान गरौँ । सबैलाई समेट्ने काम गर्नुहोस् गुटको भेला हुँदैन । अल्पमतलाई पनि समेटेर जानुपर्छ । सहमति, एकता, मेलमिलाप गर्ने भनेको आत्मसमर्पण गर्ने होइन, नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी आवश्यक छ ।’
नेता केसीले अहिले पार्टीमात्र नभइ लोकतन्त्र र राष्ट्रियता नै गम्भीर चुनौतीको स्थितितिर गएको दाबी गरे । उनले देश एकपछि अर्को चक्रव्यूहभित्र फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रूपमा नेपाल फसेको बताए । ।
नेता केसीले नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका विरुद्ध उत्रिएको कांग्रेसले अहिले फेरि त्यही काम दोहोर्याएको बताए । उनले देश आर्थिक सङ्कटोन्मुख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुपर्यो भन्दै प्रश्न पनि गरे । उनले देशमा अहिले भ्रष्टाचारको महामारी रहेको दाबी गरे ।





























प्रतिक्रिया