सत्तारुढ गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रिपरिषद बैठक

सत्तारुढ गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रिपरिषद बैठक

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत जानेभएपछि त्यो अगावै सहमती जुटाउन गठबन्धनको बैठक बसेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ । 

सरकारले आज शुक्रबार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।

यसैबीच गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मन्त्रिपरिषद बैठकका लागि मन्त्रीहरु बालुवाटा पगिसकेका छन्।

Logo