उपसभामुखको निर्वाचन सुरु, पुष्पा भुसाल विजयी हुने सम्भावना

उपसभामुखको निर्वाचन सुरु, पुष्पा भुसाल विजयी हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको उपसभामुख पदको लागि निर्वाचन सुरु भएको छ। उपसभामुखमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उम्मेदवार छन्।संसद भवन नयाँ बानेश्वरमा अहिले मतदान जारी छ। सत्ता गठबन्धनको साथ भएकाले भुसाल विजयी हुने निश्चित छ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाललाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलको साथ छ। 

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको थियो। उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले हिजो उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभामा अहिले २ सय ७१  सांसद रहेका छन्। उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेका छन्। सत्ता गठबन्धनसँग बहुमत मत रहेकाले कांग्रेसकी भुसाल निर्वाचित हुने निश्चित देखिन्छ।एमालेसँग ९८ जना सांसद रहेका छन्।

 

Logo