एआईजी विश्वराज पोखरेलले राजीनामा दिने

एआईजी विश्वराज पोखरेलले राजीनामा दिने

केन्द्रबिन्दु
0
Shares

एआईजी विश्वराज पोखरेलले राजीनामा दिने भएका छन्। सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी)मा बढुवा गरेसँगै असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका हुन्। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यो ओदशसँगै एआईजी पोखरेलसामू प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प देखिएको छ ।

सिंहसहित वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले हालेको रिट पनि सर्वोच्चले खारेज गरेको छ ।

Logo