अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई छैन : ज्ञानेन्द्रबहादुर कार्की

अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई छैन : ज्ञानेन्द्रबहादुर कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् । अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि उल्लेख गरे । त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकाररुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास गरे । 

Logo