सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो।
सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ को अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार भोलिदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको सूचनामा उल्लेख छ ।






























प्रतिक्रिया