सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी ) मा नेपाल सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बिहीबार बसेको बैठकमा परराष्ट्र र रक्षा मन्त्रालयका प्रतिनिधि उपस्थित नभएकोमा नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई नेपाल एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ गरेर पन्छन खोजेको आरोप लगाए ।
सांसदहरु खेम लोहनी, लक्ष्मी परियार, अनिलकुमार झा, दुर्गा पौडेलले समितिले मागेको कागजपत्र सम्बन्धित मन्त्रालयले समितिलाई उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । समितिका सभापति निरुदेवी जैरुले एसपीपीबारे सरकारले अमेरिकी सरकारलाई पठाएको पत्र पुनः समितिमा माग गर्दै पत्राचार गरिने जानकारी दिइन् ।































प्रतिक्रिया