नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने टिप्पणी गरेका छन्। उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहेका नेपालको कुनै गन्तब्य नरहेको बताए।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘विचरा माधव नेपालको त नाउँ नलिऊँ होला तिनको जिन्दगी त छटपटीमै बित्छ। उनले भने, गन्तब्य- सन्तब्य केही छैन विचराको ।’ उनले गठबन्धनमा आवद्ध दलको गन्तब्य केही नरहेको जिकिर गरे।
उनले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको बताए। ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ, ओलीले भने, त्यसैले जित्नैपर्ने दायित्व छ।’ उनले अहिलेजस्तो राज्य संयन्त्रको चरम दोहन कहिल्यै नभएको उल्लेख गरे।































प्रतिक्रिया