आगामी निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

आगामी निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

केन्द्रबिन्दु
0
Shares

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहभागी हुन निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गर्ने समय तोेकेको छ। अहिलेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

अहिले निर्वाचनमा आयोगमा ११६ दल दर्ता छन्। उनीहरूले नै आगामी चुनावका लागि पुनः दर्ता गर्नुपर्नेछ। दर्ता भएका दलले मात्रै चुनावमा भाग लिन पाउनेछन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्ने आयोगले जनाएको छ। सातै प्रदेशका लागि प्रदेशगत रुपमा छुट्टाछुट्टै निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । आयोगले दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने जनाएको छ ।

Skip This
Skip This
Logo