परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार खड्का २६ गतेसम्म चीनमा रहनेछन् । उनले साउन २५ गते बुधबार चिङदाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्तासमेत गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् । 

मन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत साता अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपश्चात् अहिले दुई महाशक्ति देशबीच तनाव बढ्दो छ । त्यसैको पृष्ठभूमिमा नेपाली परराष्ट्रमन्त्री चीन जान लागेका छन्। 
 

Logo