जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता,एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कइसँग भेटवार्ता गरेका छन् । दुईनेताबीच मंगलबार लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालयमा भेट भएको हो ।
भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान लगायतका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।
त्यस्तै स्थानीय सहर नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा पनि छलफल भएको छ।































प्रतिक्रिया