प्रतिनिधिसभा बैठक : शून्य समयमा सांसदहरुले के–के भने ?

प्रतिनिधिसभा बैठक : शून्य समयमा सांसदहरुले के–के भने ?

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली काँग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाई गर्न नहुने उल्लेख गरे । 

नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिन । उनले संविधानले उनीहरुको जमिनको सुनिश्चितता गरेपनि त्यस अनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गरिन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले)की सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलव वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् । शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलव २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलव १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरुमाथि सरकारले अन्याय गरेको उनको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधिशको नियुक्त गर्न सरकारसँग माग गरे । उनले न्यायाधीशहरुको नियुक्ती संविधानले व्यवस्था गरे अनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाए  ।

Logo