कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले संघीय संसद्मा महिलाको प्रतिनिधित्व ४० प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानून संशोधनका लागि सरकार तयार रहेको बताउँदै सन् २०३० सम्म संघीय संसदमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारेका हुन् ।
सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरु पनि प्रतिवद्ध हुनुपर्ने उनको भनाइ छ। उनले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताए। उनले लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानूनमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानून परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पारे।
नेपालको कानूनले समावेशीकरण र समानताको कुरालाई अंगिकार गरेकाले कानूनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए। उनले महिलाहरुलाई समान रुपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।































प्रतिक्रिया